बुढीगंगाको मेयर-उपमेयर दुवैमा एमाले विजयी

padma

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन्। नगर प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रङ्गबहादुर खातीले ३ हजार ७७४ मत ल्याए।

त्यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७२७ मत ल्याएकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन्।

Shikhar Dental

मेयरमा १ हजार ४ र उपमेयरमा ९७२ मतको फरक छ। १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो।

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा कांग्रेसले जितेको छ। वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

यस्तै, वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ। २०७४ मा ६ वडा जितेको एमालेले यो पटक भने ७ वटा जितेको छ।

निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थित गरेर पुन निर्वाचन गर्ने निर्णय गरेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.