साढे ४ अर्ब वर्षअघिको ब्रह्माण्डको तस्बिर सार्वजनिक

padma

काठमाडौँ – नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा सोमबार आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाएका थिए ।

तस्बिरमा SMACS 0723 नाम गरेको एउटा तारापुञ्जको समूहलाई कैद गरिएको छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ । गत वर्षको डिसेम्बरमा ब्रह्ममाण्डको अन्वेषण गर्नका लागि नासाले यो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो । नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट तस्बिर भएको बताइएको छ । तस्बिरमा हजारौं आकाशगंगाहरु जेम्स वेब टेलिस्कोपको एउटा तस्बिरमा अटाएको नासाले जनाएको छ ।

Shikhar Dental

हाम्रो आकाशगंगा तारापुञ्जभन्दा धेरै टाढा रहेका अन्य तारापुञ्जहरु तस्बिरमा कैद छन् । कैद भएको तस्बिरमा देखिएका ताराहरुबाट निस्केको प्रकाश सौर्यमण्डल आइपुग्‍न अर्बौं वर्ष लागेका तारापुञ्जको प्रकाशसमेत कैद भएको नासाले बताएको छ । यसअघि नासाको हब्ल स्पेस टेलिस्कोपले खिचेको तस्बिरभन्दा यो तस्बिर धेरै नै सघन र स्पष्ट छ ।

यो तस्बिर टेलिस्कोपको नियर-इन्फ्रारेड क्यामेरा(एनआईआर क्याम) ले कैद गरेको हो । सार्वजनिक गरिएको यो तस्बिर एनआई क्यामले साढे १२ घन्टासम्मको अवलोकन गरेर निकालेको नासाले जनाएको छ । हबल स्पेस टेलिस्कोपले यस्तै खालका तस्बिर खिच्‍नका लागि हप्तौं लगाउने नासाद्वारा जारी सूचनामा उल्लेख छ ।

नासाले सार्वजनिक गरेको यो तस्बिर टेलिस्कोपको पहिलो पूर्ण रंगिन तस्बिर रहेको जनाएको छ । यस सम्बन्धी अन्य तस्बिर र विवरण नासाले अमेरिकाको स्थानीय समयअनुसार मंगलबार सार्वजनिक गर्दै छ ।

कान्तिपुरबाट साभार गरीएको

Nawadurga
Leave A Reply

Your email address will not be published.