पाँच वर्षअघि देउवालाई प्रशन सोधेर चर्चामा आएका सागर डडेल्धुरामा चुनाव लड्ने

padma

पाँच वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर भाइरल बनेका सागर ढकाल डडेल्धुराबाट देउवा संग चुनाव लड्ने भएका छन ।

ढकालले आफ्नो सामाजिक संजाल मार्फत आफु डडेल्धुराबाट चुनाव लड्ने जानकारी गराएका हुन् ।

बिबिसी मिडिया एक्सनको साझा सवाल कार्यक्रममा  प्रधानमन्त्री शेरबहादुर देउवालाई ढकालले ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं’ भन्दै प्रश्न गरेका थिए। देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दैहुन्छ’ भनेर जवाफ फर्काका थिए

Shikhar Dental

आगामी मंसिरमा हुने चुनावका लागि निर्वाचन आयोगले एक(दुई दिनमा मिति तोक्दै छ।

४० वर्षमुनिका व्यक्तिलाई प्रधानमन्त्री बनाउने लक्ष्यका साथ आफू राजनीति गर्न नेपाल फर्किएको सागरले बताए। उनी एक साताअघि मात्रै नेपाल आइपुगेका हुन्।

उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए भने ४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम गर्थे।अक्सफोर्डमा एक वर्षको पढाइ पूरा गरेपछि ६(७ महिना उतै बसेको र पछि चीनमा काम गर्न गएको उनी बताउँछन्।

डडेल्धुरामा २०४८ सालयताका सबै संसदीय चुनाव जितेका देउवालाई चुनौती दिने तयारी गरेका सागर अहिलेसम्म डडेल्धुरा भने गएका छैनन्। ‘म जाजरकोट, अत्तरिया गएको छु। त्यताको ठाउँबारे थाहा छ तर ठ्याक्कै डडेल्धुरा गएको छैन,’ उनले भने,‘अब छिट्टै जान्छु।’देशव्यापी रूपमा उम्मेदवारी दिँदा पार्टी दर्ता गर्ने कि स्वतन्त्र उम्मेवारी दिने भन्ने अहिले छलफल भइरहेको र केही दिनमै टुंगिने उनले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.