Attariya Hospital Pvt.Ltd.

नेकपा विप्लव कञ्चनपुृरको जिल्ला सम्मेलन आगामी भदौँ ११ मा हुने

padma
milan sunchadi

कञ्चनपुर – नेकपा विप्लव कञ्चनपुृरको जिल्ला सम्मेलन आगामी भदौँ ११ मा हुने भएको छ । नेकपा विप्लव कञ्चनपुर जिल्लाको चौथो सम्मेलनका लागि तयारी भईरहेको पार्टीले जनाएको छ । नेकपा विप्लव विशेष समिति सदस्य राजेन्द्र विष्टले सम्मेलनको जिल्लाका सबै पालिकाहरुमा तयारी भईरहेको बताए ।

उनका अनुसार नेकपा कञ्चनपुर सेक्र्रेटरी प्रकास मल्ल नेतृत्वमा चौथो जिल्ला सम्मेलनको तयारीका लागि जिल्लालाई चार कमाण्डमा एकसाथ सम्मेलनको तयारीमा नेता कार्यकर्ता जुटेको बताए ।

नेता विष्टले पुनर्वास बेलौरी र लालझाडीको कमाण्ड इन्चार्ज पुरन राना, कृष्णपुर शुक्लाफाँटा इन्चार्ज बिरु तिरुवा, बेलडाँडी बेदकोट इन्चार्ज राम बहादुर सिह र भीमदत्त र दोधाराचाँदनी इन्चार्ज बिरेन्द्र लुहारलाई जिम्मेबारी दिएको बताए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.