पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिए

padma

काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना सङ्कमित थपिएका छन् ।

Shikhar Dental

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ८३८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५६ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा दुई हजार १६८ जनाको आरटी पीसीआर गर्दा ३८४ जनामा र एक हजार ६७० को एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएकोे हो ।

परीक्षण गरिएकामध्ये ११.८८ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी २४९ जना काठमाडौं उपत्यकामा रहेका छन् । जसमा काठमाडौंमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना सङ्क्रमित छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.