४० औं विपि स्मृति दिवसको अवसरमा अत्तरिया चोकमा दीप प्रज्वलन

padma
Shikhar Dental

अत्तरिया – विपि कोइरालाको ४० औं स्मृति दिवसको अवसरममा कैलालिको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा अत्तरियामा चोकमा शुक्रबार साझँ दिप प्रज्वलन गरिएको हो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । त्यही दिनको सम्झनामा आज  नेपाली कांग्रेस र नेपाली कांग्रेस भातृ संगठनहरुले विभिन्न कारक्रम गरि ४० औं स्मृति दिवस मनाएका छन् ।
अत्तरियामा नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता एव भातृसंगठनहरुको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.