काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ।

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ।


देशभरका ७७ जिल्लाबाट १ हजार ६ सय ५० जना प्रतिनिधिले मतदानमा भाग लिनेछन् । झन्डै ८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाअधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
हिजो दुई वटा प्यानलले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समूहबाट शिव लम्सालको प्यानल छ । यसैगरी अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन्।
