Attariya Hospital Pvt.Ltd.

आज पुष्पलालको ४४औँ स्मृति दिवस

padma
milan sunchadi

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्।

१९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे।

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

Siddi ganesh

पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो।

पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना भएको छ। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.