Attariya Hospital Pvt.Ltd.

स्वास्थ्य चौकी पहिरोमा पुरिँदा आलु भण्डारबाट सेवा प्रवाह

padma
milan sunchadi

बाजुरा – खप्तड छेडेदह गाउँपालिकाको केन्द्रमा रहेको डोगडी स्वास्थ्य चौकी भवन पहिरोले पुरिएपछि सिंगो उपचार सेवा नै प्रभावित बनेको छ। उपचार सेवाका लागि अर्को वैकल्पिक भवन नहुँदा स्वास्थ्य चौकीले दिने सबै प्रकारका सेवा पूर्णरुपमा प्रभावित बनेको इन्चार्ज दलबहादुर रावतले बताएका छन्। स्वास्थ्यचौकी भवन आलु भण्डार केन्द्रमा सारिएको छ। त्यो काम चलाउ अवस्थामा मात्रै छ। उपचार सामाग्री, औजार उपकरण राख्ने र कर्मचारीले नियमित हाजिर लगाउने बाहेक उपचार सेवा प्रवाह गर्ने अवस्था नरहेको इन्चार्ज रावतको भनाई छ। भवन साउन २५ गते रातीको पहिरोले पुरिएको हो।

२०७२ सालमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवन यतिबेला पहिरोमा भासिएको अवस्था छ। कार्यालय पछाडिबाट आएको पहिरोले स्वास्थ्य चौकी भवनको आधाबढी भाग पुरिएको छ। सुरुमा कोठाहरु मात्र पहिरोले पुरिएको थियो, पछि पहिरो नियमित आउने गरेपछि भवन नै भासिएको अवस्था छ।

भवन नै सिंगो पहिरोमा पुरिने अवस्था आएपछि बाध्य भएर आलु भण्डारमा सार्नु परेको खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन्। स्वास्थ्य चौकीले देखि सबैप्रकारको उपचार सेवा साउन २६ गतेबाट पूर्ण रुपमा प्रभावित बनेको छ।

Siddi ganesh

आलुभण्डारमा सामान राखिएको छ। तर उपचार दिन सहज छैन्। दैनिक ३० देखि ४५ जना विरामी उपचारका लागि आउने गरेका थिए। पालिकाको केन्द्र भएकै कारण क्षयरोगको खँकार जाँच, अन्य ल्याप सेवा र कुपोषण लागेका बालबालिकाको उपचार सेवा समेत डोगडी स्वास्थ्य चौकीबाटै हुने गरेको छ। भवन पहिरोमा पुरिएको दिनदेखि ल्याप सहीतका सेवा पूर्ण रुपमा नै बन्द छन्।

पहिरोले पुरिन बाँकी केही सामान उद्दार गरेर आलु भण्डार भित्र राखिएका छन्। तर सेवा सञ्चालनका लागि उपयुक्त कोठा र वातावरण नहुँदा सेवा दिन नसकिएको स्वास्थ्य चौकी इन्चार्ज दलबहादुर रावतको भनाई छ। स्वास्थ्य चौकीमा ७ जना कर्मचारी कार्यरत छन्। ती सबैलाई बसेर विरामीलाई सेवा दिन समेत कोठाको अभाव छ।

गर्भवती जाँच र सुत्केरी सेवा नै अवरुद्ध छ। विरामीहरु नियमित जाँचका लागि आउने भएपनि चेकजाँच र परामर्शका लागि वैकल्पिक कोठा नहुँदा समस्या देखिएको छ। गर्भवती र सुत्केरीले उपचार सेवा लिन समेत अफ्ठ्यरो मान्ने गरेका छन्। एउटै कोठा त्यसैमा पनि झ्याल नभएको खुला कोठाबाट सबैप्रकारको उपचार सेवा दिन संभव र सहज नहुने स्वास्थ्य कर्मीको गुनासो छ।

१० शैयाको अर्को अस्पताल निर्माणाधिन अवस्थामा छ। नजिकै स्वास्थ्य चौकी नै सञ्चालन गर्न मिल्ने भवन सुविधाको घर पनि छैन्। स्वास्थ्य सेवा दिन समस्या भएको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्।

स्वास्थ्य कर्मी अभावमा गएको साता बाजुराकै स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जनाले बाटोमै बच्चा पाउनु परेको अवस्था छ। त्यो नहोला भन्न नसकिने स्वास्थ्य कर्मी आफै त्रसित छन्। कुपोषीत बच्चाको उपचार गर्न समेत गाह्रो देखिएको स्वास्थ्य चौकीले बताएको छ। प्रसुति सेवा नै रोकिने अवस्था आएको छ।

गर्भजाँचका लागि आउने महिलाहरु स्वास्थ्य चौकी भवन देखेर फिर्ता हुनु पर्ने बाध्यता छ। खुला कोठामा जाँच गर्न असहज लाग्ने भएपछि साउन २६ पछि जाँच गर्न जानको संख्यामा समेत कमी देखिएको महिला स्वास्थ्य स्वयम सेविकाले बताएकी छन्। दुर्गमको स्वास्थ्य अवस्था नै दयनीय थियो, पहिरोले थप समस्यामा पारिदिएको छ।

आलु भण्डारण गर्ने भवनबाट सेवा दिन संभव नै नरहेको स्वास्थ्य कर्मी बताउँछन्। स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा खुला कोठाबाट सेवा दिन नसकिने समेत उनीहरुले पालिकालाई जानकारी गराइसकेका छन्। आउने हाजिर लगाउने र फर्किनु पर्ने बाध्यता स्वास्थ्य कर्मीलाई छ, भने सेवा नपाई घर फिर्ता हुनु पर्ने दुख विरामीलाई छ।

आलु भण्डारण केन्द्रकै भवनमा केही सामान्य उपचार सेवा दिन मिल्ने बत्तीको समेत असुविधा छ। शौचालय नै छैन्। खानेपानी बल्ल जोडिएको छ, विजुली बत्ती छैन्, स्वास्थ्य चौकीको सोलार जाडनका लागि लाग्ने खर्चको समेत अभाव रहेकोले सोलार बत्ती समेत जोड्न ढिलाई भइरहेको देखिन्छ।

यता गाउँपालिकाले वैकल्पिक रुपमा आलु भण्डारको भवन प्रयोग गर्न भनेपनि थप व्यवस्थानका लागि केही सोचेको छैन्। तत्काल अर्को वैकल्पिक भवन नभएकोले पालिकाले निर्णय गरिहाल्ने अवस्था नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले बताएका छन्।

७ सय बढी परिवारले प्रत्यक्ष सरोकार राख्ने, पालिकाकै ल्याप सेवा सञ्चालन भएको र अन्य उपचार सेवा प्रवाह गर्ने संस्था अस्तव्यस्त हुँदा समेत पालिकाले चाडो पहल नगर्नु दुखत कुरा भएको स्थानीयको गुनासो छ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले तत्काल नयाँ विकल्प सोच्ने गरि पहल भइरहेको बताएपनि दुई हप्ता बित्न लागिसक्दा समेत केही पहल भएको अवस्था छैन्। प्रसुती सेवा, नियमित गर्भजाँच जस्ता अत्यावश्यक सेवा नै रोकिने अवस्था आएको स्थिति बारे संघ र प्रदेश सरकार पनि थप जिम्मेवार हुनु पर्ने गरि परामर्श र छलफल भइरहेको गाउँपालिकाले बताएको छ।

नागरिक दैनीकमा समाचार छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.