Attariya Hospital Pvt.Ltd.

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

padma
milan sunchadi

हेटौँडा – लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशनबाट अध्यक्ष पदमा शिव लम्साल ७४५ मल ल्याएर विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दुलाई १३३ मतले पराजित गर्दै लम्साल निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष लम्साल युनियनका पूर्वमहासचिव र निवर्तमान सल्लाहकार रहेका थिए । आठ वर्षअघि पोखरामा सम्पन्न आठौँ महाधिवेशनमा बद्री सिग्देलबाट पराजित भएपछि लम्साल युनियनको सल्लाहकार भएका थिए ।

लम्सालका अधिकांश पदाधिकारी पनि लम्सालकै प्यानलबाट निर्वाचित भएका छन्। हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट युनियनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा, महिला उपाध्यक्षमा सलोजा दाहाल, महासचिवमा दिलीप पौडेल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन्।

Siddi ganesh

प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट डिल्लीराम खतिवडा, मधेश प्रदेशमा अनिलकुमार कर्ण, बागमतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.