Attariya Hospital Pvt.Ltd.

एकैदिन ६३८ जनामा सङ्क्रमण, दुईजनाको मृत्यु

padma
milan sunchadi

काठमाडौं – पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ५५ कोरोना परीक्षण गर्दा ६३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार २१५ पीसीआर परीक्षण गर्दा चार सय र दुई हजार ८४० एन्टीजेन परीक्षण गर्दा २३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Siddi ganesh

त्यस्तै, पछिल्लो २४ घण्टामा २१८ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.