सुदूरपश्चिममा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

padma
Shikhar Dental

अत्तरिया – सुदूरपश्चिममा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १४ जनामा संक्रमण भेटिएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुर र कैलालीको सीमा नाकामा २९८ जनाको ऐन्टिजेन परीक्षण गर्दा ४ जना र सेतीमा २५ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.