Attariya Hospital Pvt.Ltd.

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

padma
milan sunchadi

काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आउँदै छन्।

नेपालको संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेलेका लु बिहीबार दिउँसो काठमाडौँ ओर्लिन लागेका हुन्।

नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ। यसबाहेक अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन।

Siddi ganesh

प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन्। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको केही सातामै नेपाल आउन लागेका लुको दुईदिने भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।

यसअघि लु नेपालमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनुअघि गत वर्ष मंसिर १ देखि ४ गतेसम्म नेपालमा रहेका थिए। उनले एमसीसी सम्झौता संसदमा अनुमोदन गराउन राजनीतिक र कूटनीतिक दौडधुप गरेका थिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.