Attariya Hospital Pvt.Ltd.

बाबुराम भट्टराईले दर्ता गरे ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिह्न ‘आँखा’

padma
milan sunchadi

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ । भट्टराई  समुहले आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेको हो ।

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो ।

भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताए ।

Siddi ganesh

जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।

अब यो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.