

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाममा गोदावरी सहकारी संजाल गठन भएको छ । गोदावरी नगरपालिका सहकारी शाखाका प्रमुख दिव्यराज जोशीको अध्यक्षमा भएको भेलाले संजालको अध्यक्षमा प्रकाश जोशीलाई चयन गरेको छ ।
तदर्थ संचालक समितिको उपाध्यक्षमा गौरी चौधरी कोषाध्यक्षमा क्षेत्रा साउँद ,सचीवमा अमर बाहादुर कुवर ,सदस्य बिष्णु खड्का, सदस्य देब भण्डारी ,सदस्य शक्रान्ती भट्ट गरि सात जना चयन भएका छन् ।
नगरपालिका स्तरीय सहकारीका समस्या र यस क्षेत्रमा रहेका सहकारीहरु लाई एकजुट गर्नका सहकारी संजाल गठन गरेको तदर्थ संचालक समितिका अध्यक्ष जोशीले बताए ।

भेलामा नगरपालिका क्षेत्रमामा रहेका सम्पुर्ण सहकारीको सहभागीता रहेको थियो ।
