Attariya Hospital Pvt.Ltd.

बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका यस्ता फाइदा

padma
milan sunchadi

हरेक बिहान मनतातो पानीमा मह मिसाएर पिउनाले स्वास्थ्यलाई थुप्रै लाभ प्रदान गर्छ । महमा प्राकृतिक चिनी पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । महलाई आयुर्वेदमा औषधीको रूपमा प्रयोग गरिन्छ । महमा भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम, फस्फोरस, जिंक, चिनी, कार्बोहाइड्रेट, रिबोफ्लेभिन, एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक जस्ता पोषक तत्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर पिउनाले तौल घटाउन सहयोग गर्छ । साथै, यसले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ । बिहान मनतातो पानीमा मह मिसाएर पिउनुका फाइदाबारे जानकारी लिऔँ ।

१. तौल घटाउन लाभदायक

तौल घटाउनका लागि हरेक बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । यसले शरीरलाई डिटक्सिफाई गर्छ र पसिनाको माध्यमबाट खराब बोसो हटाउन मद्दत गर्दछ । यसले तौल घटाउन मद्दत गर्छ ।

Siddi ganesh

२. पाचन शक्ति बढाउन लाभदायक

पाचन शक्ति बढाउनका लागि हरेक दिन बिहान खाली पेटमा मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले पाचन क्रियामा सुधार हुन्छ । साथै यसले कब्जियतको समस्यालाई पनि हटाउन मद्दत गर्छ । यसका साथै यसको सेवनले पेट सफा रहन्छ, जसले पेटको रोगलाई टाढा राख्छ ।

३. घाँटीको संक्रमणबाट छुटकारा

घाँटीको इन्फेक्सनबाट राहत पाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर खानु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले घाँटीमा हुने ब्याक्टेरिया नष्ट हुन्छ । यसका साथै यसको सेवनले रुघाखोकी, नाक बन्द हुने, ज्वरोजस्ता समस्याबाट पनि राहत मिल्छ ।

४. शरीरको हेमोग्लोबिन स्तर बढाउन

शरीरमा हेमोग्लोबिनको स्तर बढाउनका लागि हरेक बिहान मनतातो पानीमा मह मिसाएर सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । मनतातो पानीमा मह मिसाएर पिउनाले शरीरको हेमोग्लोबिन बढ्छ । जसले गर्दा शरीरमा रगतको कमी हट्छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.