Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ दिनका लागि स्थगित

padma
milan sunchadi

धनगढी – आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ। सूचना टाँस गर्दै साउन १८ गते सम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

प्रदेशका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी संशोधन गर्न बनेको विधेयक प्रस्ताव गर्ने कार्यसूची रहेको थियो। प्रदेश सभा सदस्य मालामति रानाले प्रदेश सभामा बिजनेश नहुँदा स्थगित भएको बताइन्।

उनले सरकारले सभालाई बिजनेश दिन नसकेका कारण बैठक स्थगित भएको भन्दै बिजनेश दिन नसक्नु सरकारको कमजोरी रहेको आरोप लगाइन्।

Siddi ganesh

यस्तै कार्य परामर्श समितिको बैटकमा सभा सञ्चालनबारे सहमति नजुट्दा पनि प्रदेश सभाको बैठक बस्न नसकेको बताइएको छ। पदाधिकारी र सदस्यहरुको सेवा सुविधामा सांसदहरुको असहमति रहँदै आएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.