Attariya Hospital Pvt.Ltd.

एमालेले आज सरकारविरुद्ध प्रदर्शन गर्ने

padma
milan sunchadi

काठमाडौं – नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज काठमाडौंको वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। सरकारले महंगी नियन्त्रण गर्न कुनै कदम नचालेको एमालेको आरोप छ। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।

यसका लागि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.