नेपाल-चीन दौत्य स्थापना भएको ६७ वर्ष पूरा

padma

काठमाडौं – नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६७ वर्ष पूरा भएको छ। सन् १९५५ को अगस्ट १, चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको थियो।

Shikhar Dental

चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गरेका थिए। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, तीन जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र छजना उप–प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्। नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पटक चीन भ्रमण भइसकेको छ।

नेपालले सधैं ‘एक चीन’ नीतिको दृढतापूर्वक समर्थन गर्दै आइरहेको छ भने नेपालले आफ्नै राष्ट्रिय परिस्थितिसँग अनुकूल विकास बाटोमा हिँड्न र स्वतन्त्र आन्तरिक तथा बैदेशिक नीतिलाई अवलम्बन गरेकोमा चीनले समर्थन गरिरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.