Attariya Hospital Pvt.Ltd.

देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टी

padma
milan sunchadi

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर ८९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ५ हजार ९०९ जनामा गरिएको परीक्षणमा ८९५ जना संक्रमित भेटिएका हुन्।

आज एकजना संक्रमितको मृत्यु भएको छ। २ सय ६४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा २ हजार ८७२ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा ३० जना रहेका छन्।

देशभर ३६ जना संक्रमित आइसियू र ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। १४२ जना संक्रमित संस्थागत आइसोलेशन र ४ हजार ७९२ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.