थप ८१४ जनामा कोरोना पुष्टि

padma

काठमाडौं – पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो ।

Shikhar Dental

जसमध्ये २७ सय ६२ पीसीआर परीक्षण गर्दा ५०९ र २६ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कसैको पनि मृत्यु भएको छैन ।

काठमाडौं उपत्यकामा मात्रै ३१३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । जसमा काठमाडौंमा तीन हजार १८, भक्तपुरमा ३० र ललितपुरमा ५५० जना रहेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.