Attariya Hospital Pvt.Ltd.

धनगढीका लागि थप अटोरिक्सा दर्ता नगर्न यातायातलाई पत्राचार

padma
milan sunchadi

धनगढी – थप अटोरिक्सा दर्ता नगर्न कैलालीको धनगढी उपमहानगरपालिकाले यातायात व्यवस्था कार्यालय धनगढीलाई पत्राचार गरेको छ। धनगढीमा आवश्यकताभन्दा बढी विद्युतीय रिक्सा सञ्चालनमा रहेकाले थप दर्ता गर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने भन्दै नयाँ विद्युतीय रिक्सा दर्ता गर्दा ब्लूबुकमा सञ्चालन हुने स्थानीय तहको नाम उल्लेख गर्न पत्राचार गरिएको हो।

आइतबार उपमहानगरपालिकाले ई–रिक्साको संख्या अत्यधिक बढेर आवागमनमा समस्या भएको भन्दै यातायात व्यवस्था कार्यालय धनगढीलाई पत्र पठाएको नगरप्रमुख गोपाल हमालले बताए।

यातायात व्यवस्था कार्यालय धनगढीमा अहिलेसम्म साढे पाँच हजार रिक्सा दर्ता भएको तथ्याङ्क छ। धनगढीमा मात्रै करिब तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा रहेको अनुमान गरिएको छ। रिक्साको संख्या बढेसँगै दैनिक हुने कमाइ पनि घटेको रिक्सा चालकले बताएका छन्।

Siddi ganesh

सुरुवाती दिनमा विद्युतीय रिक्सा चलाएर राम्रो कमाइ हुने भए पनि अहिले कमाइ निकै घटेको रिक्सा चालक नरेन्द्र धामीले बताए। ‘पहिले पहिले त रिक्सा चलाउँदा राम्रै कमाइ हुन्थ्यो, त्यसैले धेरैले रिक्सा चलाउन थालेका थिए,’ उनले भने, ‘अहिले रिक्सा चलाउनेको त्यस्तै हो बिक्री गर्नेको भने राम्रो कमाइ छ। रिक्सा व्यवस्थापन गर्नु जरुरी छ।’

ट्राफिक प्रहरीले पनि धनगढीमा रिक्साको संख्या बढेसँगै ट्राफिक व्यवस्थापनमा समस्या भएको जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.