आउँदो चुनावमा झन्डै १० लाख मतदाता थपिने आयोगको अनुमान

padma

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा झन्डै १० लाख जना मतदाता थपिने अनुमान गरेको छ ।

Shikhar Dental

निर्वाचन आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गएको वैशाख ३० गते भएको पालिका चुनावमा एक करोड ७७ लाख जना मतदाता रहेकोमा आउँदो चुनावमा १० लाख जना बढेर एक करोड ८५ देखि करोड ८७ लाख जना पुग्ने अनुमान गरिएको बताएका छन् ।

यसैबीच आयाेगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारी सुरु भइसकेको जनाएको छ । केही तयारी यसअघि नै भइरहेकोमा बाँकी तयारी आजदेखि सुरु भइसकेको आयाेगले जनाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा चुनाव मङ्सिर ४ गते देशैभर एकै चरणमा गर्ने निर्णय हाे ।

Nawadurga
Leave A Reply

Your email address will not be published.