Attariya Hospital Pvt.Ltd.

महाकाली पुल निर्माणको काम ९९ प्रतिशत सम्पन्न

padma
milan sunchadi

महेन्द्रनगर – नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।

३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको छ । पुलमा पिच समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताएका छन् । पुलको दुवैतर्फ निर्माण हुने पहुँच मार्गको काम पनि ९५ प्रतिशत सकिएको छ । बाटोमा पर्ने ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । निर्माण हुने ७.८ किलोमिटर सडक भरानको काम पनि सकिएको छ । पुलको पारी ६ सय मिटर र वारि १८ सय मिटर बाहेक ५४ सय मिटरमा पिच भइसकेको इन्जिनियर पाण्डेयले बताएका छन् ।

सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माणको काम सम्पन्न भइसकेको छ ।

Siddi ganesh

भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए ।

आठसय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरी पुलको डिजाइन गरिएको छ ।

पुलको उत्तरपट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि ०.३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिने बताइएको छ । उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रुपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ ।

‘तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरी २०७९ कात्तिकभित्र काम गरिसक्नु पर्ने म्याद दिएको छ ।

पुल निर्माण भएसँगै यस क्षेत्रका व्यापार व्यवसायसँगै सडक सञ्जालबाट टाढा रहेको महाकाली पारीको क्षेत्रलाई पनि यातायातसँग पहुच जोडिनेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षाैदेखि पक्की पुलको माग गर्दैआएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.