नुवाकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

Image

काठमाण्डौ – नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिएका छन्। परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।

२०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धीत समाचार:  https://sudurtimes.com/archives/39305