एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न

padma

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटिले आयोजना गरेको कार्यकता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनीबार अत्तरियामा नेकपा एमालेका सचिव एवम् पार्टीका सुदूरपश्चिम ईनचार्ज लेखराज भट्ट लगायत अन्य नेता कार्यकर्ताको उपस्थतिीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै सचिव भट्टले कार्यकर्ताका लागि राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताएका छन्। उनले अहिले पार्टीभित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियारजस्तै बनेको बताए। उनले भने ‘कार्यकर्ता, नेता चेतनासहित तिखो हुनुपर्छ। हामीले हतियारमा धार किन लगाउछौं रु किन भने त्यो बुचो भए काट्दैन।

Shikhar Dental

हाम्रोमा पनि वैचारिक तिखोपन आएन भने विरोधीसँग लड्न सक्दैनौ।’ उनले वैचारिक रुपमा स्पष्ट नहुँदा कार्यकर्ताहरु व्यक्तिवादी भएको दाबी गरे। कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य पार्टीका नेता कार्यकर्तालाई एमाले प्रबेश गराउने अभियान चलाइएको स्थानीय नेता कार्यकर्तालाई जानकारी दिए । ुतपाईंहरु ले सुन्नु भएको होला, पार्टी केन्द्रले भाँणो खाली गर्ने भनेको छ । त्यो भनेको समाजबादी( माओवादीबाट आउन चाहनेलाई पार्टी मा भित्र्याउने भनेको हो, भट्ट ले भने, “अब त्यसो हुँदा अन्य पार्टीका आउँदा आफ्नो भाग खोसिन्छ कि भन्ने नठान्नु होला। सबै तिर बाट पार्टी प्रबेश को लहर चलेको छ । यहाँ पनि पार्टी प्रबेश गराउने कार्यलाई तिब्र पार्नुस ।”

एमाले सुदुरपश्चिम का इन्चार्ज समेत रहेका भट्ट ले पार्टी भित्र को आन्तरिक कारण ले नै स्थानीय चुनाब मा पार्टी केही ठाउँमा हारेको बताए । उनले पार्टीमा गलत भूमिका खेल्नेले पहिले आफैं सच्चिनु पर्ने धारणा राखे। उनले भने“ ३ सय ६४ दिन एमाले हुने अनी भोट हाल्ने एक दिन अर्कै पार्टीलाई भोट हाल्ने कसरी एमाले हुन सक्छन । अनी तिनिहरु कसरी कम्युनिष्ट हुन सक्छन। त्यो भएर सच्चिन जरुरी छ। सचिब भट्ट ले पार्टीमा बैचारिक प्रशिक्षण नहुँदा कार्यकर्ताहरु धार बिनाको हतियार जस्तो भएको बताए । भट्ट ले भने ,एमाले नेकपा कै निरन्तरता हो । अब यहाँ कोही माओवादी वा १० बुँदे कोही माले भनिरह्नु पर्दैन । तल्लो कमिटी सम्म प्रशिक्षण दिन जरुरी छ ।”

Nawadurga
Leave A Reply

Your email address will not be published.