कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो करिब दुई महिनामा ९ हजार ८ सय २८ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा ती मतदाता थपिएका हुन्।
असार र साउन महिनाको १९ गतेसम्म संकलन गरिएको मतदातानामावली अनुसार महिलाको संख्या ४ हजार ९ सय ६६ र पुरुष ४ हजार ८ सय ६२ रहेको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए। यसअघि जिल्लामा २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेका थिए।
उक्त संख्यामा अब नयाँ थपिएर ३ लाख ५१ हजार ८२ मतदाता पुगेको उनले बताए।