Attariya Hospital Pvt.Ltd.

पछिल्लो चौबीस घण्टामा देशभर भेटिए ५५३ जना कोभिड संक्रमित

padma
milan sunchadi

काठमाडौं – पछिल्लो चौबीस घण्टामा देशभर ५५३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ७८९ जनामा गरिएको परीक्षणमा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ छ। तीमध्ये होम आइसोलेशनमा ५ हजार ५०७ जना र संस्थागत आइसोलेसनमा १५२ जना छन्।

यस्तै हाल आइसीयूमा ४५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत छन्। आज मृतकको संख्या शून्य छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.