

धनगढी – धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना गरिएको छ। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति नरेन्द्र चन्द र सचिव भोजराज जोशीले कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ राजपुरमा पार्टी कार्यालय स्थापना गरिएको बताउँदै कैलाली जिल्ला र प्रदेश समितिले यहीँबाट कामकाज थाल्ने प्रदेश सचिव जोशीले बताए। भाडामा लिएर कार्यालय संचालन गरिएको उनले बताए।
यस्तै पार्टीले सुदूरपश्चिमका सबै जिल्लाहरुमा पार्टीका कार्यक्रमहरुलाई तीव्रता दिने बताइएको छ।
