

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन्। उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताए।
आफूलाई काठमाडौं, चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेको भएपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए। आफ्नो उम्मेद्वारी जुम्लाको आर्थिक अवस्थालाई उकास्नका लागि भएको भन्दै उनले कांग्रेस माओवादी एमाले कसैको विरुद्ध नभएको जिकिर गरे।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुने घोषणा गरेसँगै उम्मेद्वारी घोषणा पनि सुरु भएको छ।
