Attariya Hospital Pvt.Ltd.

मंगलबार सुदूरपश्चिममा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि

padma
milan sunchadi

अत्तरिया – मंगलबार सुदूरपश्चिममा थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा १ हजार ४३ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सेती प्रादेशिक अस्पतालमा ५९ जनाको नमुना परीक्षण गर्दा १७ जना र अछामको कमल बजार अस्पतालमा ५ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएकोे निर्देशनालयले जनाएको छ।

आज सेती प्रादेशिक अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने डडेल्धुरा अस्पतालमा १ जनाको उपचार भइरहेको छ। प्रदेशभर कारोनाका कारण हालसम्म ६३४ जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ।

Nawadurga
Loading...