

अत्तरिया – बुधबार सुदूरपश्चिममा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१ हजार ५४ जनाको ऐन्टिजेन र ५३ नमुना पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ऐन्टिजेन विधिबाट ७१ र पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको छ।

हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।
