Attariya Hospital Pvt.Ltd.

बन्द हुँदै फेसबुकको गेमिङ एप

padma
milan sunchadi

काठमाडौं – सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो गेमिङ एप बन्द गर्ने भएको छ ।

आगामी अक्टोबर २८ देखि एन्ड्रोइड तथा आइओएस दुवै प्लाटफर्ममा यो एप डाउनलोड गर्न सकिने छैन ।

स्मरण रहोस् फेसबुकले कोरोना महामारीको समयमा दुई वर्ष अगाडि उक्त गेमिङ एप लञ्च गरेको थियो । यो एपको मद्दतले अरु कुनै गेम एप डाउनलोड नगरिकनै गेम खेल्न सकिन्छ । यसलाई गुगल प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।

Siddi ganesh

मेटा कम्पनी स्वामित्वको फेसबुकले मंगलबार आफ्नो गेमिङ एप बनद गर्ने घोषणा गरेको हो । गेमिङ स्ट्रिमिंग बजारमा अत्यन्तै धेरै प्रतिस्पर्धा रहेको र आफ्नो गेमिङ एप प्रतिस्पर्धा गर्न असमर्थ बनेको फेसबुकको स्वीकारोक्ति छ ।

तथापि यो एपलाई गेमर्स तथा फ्यानहरुले विशेष रुपमा मन पराएको फेसबुकको दाबी छ । त्यसका लागि फेसबुकले धन्यवाद ज्ञापन गरेको छ । गेमिङ एप बन्द गरेपनि फेसबुकको गेमिङ सेक्सनमा गएर आफ्ना गेम, स्ट्रिमर्स ग्रुप तथा गेमिङ ग्रुप हेर्न सकिने फेसबुकले जनाएको छ ।

यो गेमिङ एप सन् २०२० को अप्रिलमा लन्च भएको थियो । फेसबुकले यो गेम एपलाइ Facebook Gaming : Watch, Play and Connect नाम दिएको थियो । लकडाउनको समयमा अनलाइन गेमिङ तथा भिडियो स्ट्रिमिङको लोकप्रियतालाई ध्यानमा राख्दै फेसबुकले यो गेमिङ एप ल्याएको थियो ।

पछिल्लो तथ्यांक अनुसार यो वर्षको दोश्रो त्रैमासिकमा गेमिङ बजारमा ७६.७ प्रतिशत हिस्सा सहित ट्वीचको दबदबा रहेको छ ।

त्यस्तै १५.४ प्रतिशत बजार हिस्सा सहित युट्युब दोश्रो स्थानमा रहँदा फेसबुक गेमिङको हिस्सेदारी केबल ७.९ प्रतिशत छ । त्यसैले गेमिङको क्षेत्रमा असफल भएसँगै कम्पनीले यो एप बन्द गर्ने निर्णय गरेको हो ।

एजेन्सी

Nawadurga
Leave A Reply

Your email address will not be published.