bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

पार्टीमै बसेर नातावाद र गुटबन्दीविरुद्ध लड्छु : सुनिल भण्डारी

padma
milan sunchadi

धनगढी – नेपाली काँग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमै बसेर नातावाद र गुटबन्दीविरुद्ध लड्ने बताएका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। उनी नेपाली काँग्रेस पार्टीबाटै अलग हुने चर्चा भइरहेका बेला उनले त्यो निर्णय नलिने जनाएका हुन्।

उनले आसन्न संसदीय चुनावमा पार्टीभित्रको नातावाद, हैकमवाद गुटबन्दीका कारण आफूले टिकट नपाएको दाबी गरेका छन्।

यस्तै उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन आफू लाग्ने पनि बताएका छन्। उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय भएको सुनाए।

Siddi ganesh

अघिल्लो आम निर्वाचनमा कैलाली ४ मा तत्कालीन माओवादी नेता लेखराज भट्टसँग भण्डारी पराजित भएका थिए।

‘पार्टीबाट अलग भएको भए मलाई शान्ति हुन्थ्यो। तर, सबैको सुझावले गर्ला मैले यो निर्णय लिए। यसको विकल्प थिएन’ उनले भने, ‘मैले धेरै अपमान सहे।’ यो पार्टीभित्र जन्मेको नातावाद, हैकमवाद प्रवृत्ति, गुट–उपगुटविरुद्ध आफू लडिरहने उनको भनाइ छ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.