Attariya Hospital Pvt.Ltd.

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउछौँ :ओली

padma
milan sunchadi

दार्चुला – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्। ओलीले शुक्रबार सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ती क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्।

ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन। एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन। मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ। त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छुँ।’

कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भू–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन्। एमालेले दार्चुलाबाट देशव्यापी चुनावी अभियान शुभारम्भ गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.