स्थानीय चुनावमा एमालेले सर्वाधिक लाेकप्रिय मत ल्याएकाे भनी निर्वाचन आयाेगलाई उद्धृत गर्दै पाेखरेलले गरेकाे दाबी भ्रामक

Image

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सर्वाधिक लाेकप्रिय मत ल्याएकाे भनी निर्वाचन आयाेगले आफ्नाे बुलेटिनमा उल्लेख गरेकाे दाबी गरेका छन् । रेडियाे अन्नपूर्ण नेपालकाे फेसबुक पेजमा असाेज ३१ गते प्रसारित अन्तर्वार्तामा उनले यस्ताे दाबी गरेका हुन् ।

पाेखरेल नेपाल कम्युनिस्ट पार्टी एमालेकाे काठमाडाैं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

रेडियाे अन्नपूर्ण नेपालकाे ‘रेडियाे पावर’ कार्यक्रमलाई दिएकाे अन्तर्वार्तामा ईश्वर पाेखरेलले भनेका छन् :

स्थानीय तह निर्वाचनकाे बेलामा [पाँचदलीय] गठबन्धनकाे त्रास खपिनसक्नुकाे थियाे । त्याे मनाेवैज्ञानिक त्रासकाे हिसाबकिताब गरीसाध्य छैन । त्यसबेला एमालेलाई धूलाेमा मिलाइदिन्छु, टर्च बालेर खाेज्नुपर्छ, भित्तामा टाँसिदिन्छु भन्नेहरू पनि थिए । तर तपाईं हामीलाई थाहा छ, निर्वाचन आयाेगले जारी गरेकाे एउटा बुलेटिनमै याे कुरा उल्लेख गरिएकाे छ । [उसले] सर्वाधिक लाेकप्रिय मत प्राप्त गर्ने पार्टी एमाले भन्याे । भित्तामा टाँसिएन, धूलाेमा मिलेन । त्याे मनाेवैज्ञानीक त्रास जुन सिर्जना गरिएकाे थियाे, त्याे खण्डित भइसकेकाे छ ।

ईश्वर पाेखरेल

के निर्वाचन आयाेगकाे बुलेटिनमा पाेखरेलले दाबी गरेजस्ताे स्थानीय निर्वाचनमा एमालेले सर्वाधिक लाेकप्रिय मत ल्याएकाे भनेर उल्लेख छ त ? नेपाल चेकले तथ्य जाँच गरेकाे छ ।

तथ्य जाँच 

स्थानीय तह निर्वाचन २०७९ साल वैशाख ३० गते सम्पन्न भएकाे थियाे । निर्वाचनमा ७५३ मध्ये ३२९ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएकाे थियाे भने २०६ स्थानीय तहमा नेकपा एमाले विजयी भएकाे थियाे ।

निर्वाचन आयाेगले स्थानीय तह निर्वाचन सम्बन्धी जानकारी दिन वैशाख १ गतेदेखि जेठ १२ गतेसम्म निर्वाचन इ-बुलेटिन प्रकाशित गरेकाे थियाे । बुलेटिनकाे ४३ वटै अंकमा राजनीतिक दलले प्राप्त गरेकाे लाेकप्रिय मत’bout उल्लेख गरिएकाे छैन । आयाेगले निर्वाचनकाे अन्तिम मत परिणाम नआउँदै बुलेटिन निकाल्न बन्द गरेकाे थियाे । आयाेगले ३४ हजार ९५३ जना निर्वाचित हुँदासम्मकाे तथ्यांककाे आधारमा अन्तिम इबुलेटिन निकालेकाे थियाे ।  निर्वाचन आयाेगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयाेगले यसबाहेक स्थानीय तह निर्वाचन सम्बन्धी अन्य बुलेटिन निकालेकाे छैन ।

कुल ३५२२१ जनप्रतिनिधि छनाेटका लागि भएकाे स्थानीय निर्वाचनमा ३५ हजार ९७ जना निर्वाचित भएकाे र १२४ पद रिक्त रहेकाे आयाेगले प्रकाशित गरेकाे निर्वाचन परिणाम पुस्तकमा भनिएकाे छ ।

निर्वाचन आयाेगले राजनीतिक दलहरूले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदमा प्राप्त गरेकाे मतपरिणाम साउन १० गते मात्र सार्वजनिक गरेकाे थियाे । आयाेगले सार्वजनिक गरेकाे विवरणलाई आधार मानेर उज्यालाे अनलाइनमा प्रकाशित समाचारमा पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले लाेकप्रिय मत ल्याएकाे बताइएकाे छ । त्यसैगरी पहिलाेपाेस्टमा प्रकाशित समाचारमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेकाे मतकाे आधारमा नेपाली कांग्रेसले लाेकप्रिय मत प्राप्त गरेकाे भनिएकाे छ ।

हामीले यस विषयमा बुझ्न निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलसँग पनि सम्पर्क गर्‍याैँ । पाैडेलले कुन राजनीतिक दलले सर्वाधिक लाेकप्रिय मत ल्याएकाे भनेर आयाेगले नभनेकाे बताए । “कुनै पदमा एउटा राजनीतिक दलकाे मत धेरै छ, कुनै पदमा अर्काे राजनीतिक दलकाे मत धेरै छ । कुन पदकाे उम्मेदवारले प्राप्त गरेकाे मतलाई आधार मानेर लाेकप्रिय मत भन्ने ?” पाैडेलले भने, “राजनीतिक दलहरूले आफ्नाे मत कुन पदमा धेरै आएकाे छ, त्यसैलाई आधार मानेर लाेकप्रिय मतकाे दाबी गरेका हाेलान् । तर आयाेगले यस [लाेकप्रिय मत] सम्बन्धमा बाेलेकाे छैन । पद अनुसारकाे तथ्यांक उपलब्ध गराएकाे हाे ।”

https://np.nepalcheck.org/ बाट साभार गरिएको