Attariya Hospital Pvt.Ltd.

बझाङमा चुनाव विथोल्न खोज्ने विप्लवका तिन कार्यकर्ता पक्राउ

padma
milan sunchadi

बझाङ – बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई पक्राउ परेको छन् । आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरु प्रहरीले समातेका हुन् ।

sudur last

विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं, एमसिसिका मतियारलाई मतदान नगरौं, लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए । यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो ।

Siddi ganesh

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अनुसार पटक पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भुमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाती सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तैहर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएकोे बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.