Attariya Hospital Pvt.Ltd.

सवारी साधनमा माइक जडान गरी प्रचारप्रसार गरे उम्मेदवारी रद्द

padma
milan sunchadi

विराटनगर – मंसिर ४ गते हुने संसदीय निर्वाचनका निम्त्ति सवारी साधनमा माइक जडान गरी चुनावी प्रचारप्रसार गर्न नपाइने भएको छ।

सवारी साधनमा माइक जडान गरी प्रचारप्रसार गरे कानुनबमोजिम कारबाही गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको हो।

निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरूसँगको छलफलमा कार्यालयले यस्तो जनाएको हो।

Siddi ganesh

कार्यालयका अनुसार निर्वाचनलाई दृष्टिगत गर्दै मोटरसाइकल र्‍याली, फ्लेक्स प्रिन्टहरूको प्रयोग र अनुमति नलिएका सवारी साधनमा झण्डाको प्रयोग समेत गर्न नपाइने भएको छ।

आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी समेत रद्द गर्न सकिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले बताए।

आचारसंहिता पालनाका विषयमा समस्या देखिएको भन्दै निर्वाचन कार्यालयले हालसम्म १५ वटा मौखिक उजुरी प्राप्त भएको जनाएको छ।

निर्वाचन आचारसंहिता पालना गर्न गराउन राजनीतिक दलहरूले पनि सहयोग गर्नुपर्ने कार्यालयको अपेक्षा छ। कार्यालयले आचारसंहिता उल्लंघनका घटना भए आचारसंहिता अनुगमन समितिमा जानकारी गराउन आग्रह गरेको छ।

पालिकास्तरमा दलहरूको समन्वय व्यक्ति तोकेर सहजीकरणको व्यवस्था मिलाइदिन समेत कार्यालयले अनुरोध गरेको छ। जुलुस, आमसभा, कोणसभा र र्‍यालीहरू नजिकको प्रशासनमा जानकारी गराएर मात्र गर्न सकिने कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयले भने हालसम्म मोरङमा निर्वाचनको सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगिसकेको जानकारी दिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.