Attariya Hospital Pvt.Ltd.

एमालेको केन्द्रीय अनुशासन आयोगकी सदस्य शाह कांग्रेस प्रवेश

padma
milan sunchadi

धनगढी – नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको धनगढीस्थित निजि निवासमा मंगलबार आयोजना गरिएको एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन्।

एमालेमा व्यक्तिवाद, निषेधको राजनीति हाबी हुँदै गइरहेको र केही गर्ने चाहना, इच्छाशक्ति भएका युवाहरुले अवसर नपाउने भएपछि आफूले पार्टी परित्याग गरेको उनको भनाई छ।

लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी उनी २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर गठन भएको ‘नेकपा कम्युनिष्ट पार्टी’ विघटन भएपछि एमालेमै रहेकी थिइन्।

Siddi ganesh

शाहले सुदूरपश्चिमका गरिव पिछडिएका नागरिकको पक्षमा आवाज उठाउँदै आएकी छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.