अत्तरिया – सर्वसत्तावादी, स्वइच्छाकारी कदम र संविधानको रक्षाका खातिर लोकतान्त्रिक–बाम शक्तिबीच गठबन्धन भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार नन्दराज भट्टले बताएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेतीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टले यस्तो बताएका हुन् ।जब जब देशलाई अफ्ठ्यारो पर्छ, तब तब राजनीतिक दलबीच गठबन्धन भएको इतिहास सम्झाउँदै नेता भट्टले भने,‘देशलाई संकट परेको बेला २०६२÷६३ को आन्दोलनमा हामी राजनीतिक दलहरु एक ठाउँमा उभिएर जडा गाडेर बसेको राजसंस्थालाई फालेका थियौं ।’
अहिले पनि संविधानको घाँटी निमोठ्न खोजेका केपी ओली र ओली प्रवृत्तिका विरुद्धमा हामी देशको हित चाहने राजनीतिक दलहरु गठबन्धन गरेर एक ठाउँमा उभिएका छौँ ।’ ओलीले देशको हित नचाहेको भन्दै उनले भने,‘ओलीले संविधानको घाँटी निमोठ्न भारतीय गुप्तचरसँग राति भेटघाट गरेका थिए । फलस्वरुप दुई दुई पटक संसद विघटनसम्म गर्न भ्याए ।’
आउँदो मंसिर ४ को निर्वाचनमा ओली प्रवृत्तिलाई परास्त गर्न क्षमतावान व्यक्ति भएको लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले मतदातासामू आह्वानसमेत गरे ।