Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा एमालेले प्रतिनिधि सभाका १० र प्रदेशमा ३० सीट जित्छः लेखराज भट्ट

padma
milan sunchadi

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा सुदूरपश्चिममा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन् ।

sudur last

बुुधबार धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले अगामी निर्वाचन वर्ग संघर्षको अर्को रुपमा लिएर चुनावमा होमिएको बताउदै सुदूरपश्चिममा बढि भन्दा बढि ठाउँमा जित्ने बताए ।

‘हामीले पूरै जित्ने लक्ष्य राख्छौँ तर हाम्रो सम्भाव्यता के देखिन्छ भने प्रतिनिधिसभामा १० र प्रदेशसभामा बहुमत ३० सम्म ल्याउँछौँ भन्ने हाम्रो लक्ष्य छ,’ भट्टले भने, ‘भोलि हाम्रो बहुमत आएन भने गठबन्धन भएमा त्यसले नित्याउने अस्थिरता यहाँको विकासमा अवरोध पुगाउने देखिन्छ । जनताको आकर्षण पनि एमालेतिर देखेको छु ।’

Siddi ganesh

सुदूरपश्चिममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । यहाँ नेकपा एमालले एक्लै चुनावी मैदानमा उत्रिएका बेला सत्तारुढ गठबन्धनले चुनौती दिएको छ । प्रदेश सरकारको दुई तिहाइ बहुमतले तोकेको राजधानीका संरचना निर्माणको काम पनि एमाले नेतृत्वकै बहुमतको सरकारले अघि बढाउने उनको भनाई थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.