Attariya Hospital Pvt.Ltd.

मनिषा कोइरालाले राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने

padma
milan sunchadi

काठमाडौं – चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन्। शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुने र उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले बताए। मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन्।

तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ। सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर सुरु गरेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.