

अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार वीरबहादुर बलायरले लेखराज भट्टको जस्तो सानोतिनो मन्त्रालय आफूले नखाने घोषणा गरेका छन्। बिहीबार गोदावरी नगरपालिका–१ मा चुनावी सभालाई सम्बोधन गर्दै बलायरले यस्तो घोषणा गरेका हुन्।
उनले आफू झण्डा मात्रै हल्लाउने मन्त्रालय नलिने बताए। उनले भने, ‘लेखराज भट्ट (बलायरका प्रतिस्पर्धी) भएको मन्त्री म हुँदैन। किनकी त्यो मन्त्रालय यहाँका जनतालाई कामै लाग्दैन। मलाई मात्रै काम लाग्छ, उनलाई त आफूलाई चाहिएको थियो। मलाइ त जनताका लागि चाहिएको छ। ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएन भने म मन्त्री नै हुँदैन।’
उनले जनताले जिताएर पठाएमा आफूलाई मन्त्री बन्नबाट रोक्ने कसैको तागत नभएको दाबी गरे।
