

अत्तरिया – नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १० सिट जित्ने दाबी गरेका छन् । प्रतिनिधी सभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा १० सिटमा जितेर नेकपा एमाले पहिलो पार्टी हुने भट्टले जिकिर गरेका छन् ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेशलाई बिशेष महत्व दिएर चुनावी प्रचार प्रसार अभियान पनि दार्चुलाबाट शुरु गरेको भट्टको भनाई छ ।
पत्रकार सँंगको भेटमा प्रदेश ईन्चाज भट्टले सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेख सहितको भुभाग समेटिएको चुच्चे नक्सा बनाएको र उक्त भुभाग फिर्ता ल्याउन पनि एमालेको सरकार आबश्यक भएकाले यस प्रदेशका जनता प्रति एमाले आभार रहेको बताए ।

कात्तिक १८ गते दार्चुला पुगेर प्रचार प्रसार अभियान शुरु गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली शनिवार पुन: सुदूरपश्चिम आउन लागेका छन् ।
शनीबार एमालेका अध्यक्ष ओलीले दिपायल, कैलालीको निर्वाचन क्षेत्र ४ रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीमा चुनावी शभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश ईन्चार्ज लेखराज भट्टले बताए ।
कैलाली निर्वाचन क्षेत्र ४ बाट भट्ट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा छन् ।
