Attariya Hospital Pvt.Ltd.

निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन

padma
milan sunchadi

धनगढी – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएका हुन्।

निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए। यस्तै निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

२० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने जनाइएको छ। मतदानस्थलमा भने निर्वाचनको दुई–तीन अगाडिमात्रै सुरक्षाकर्मी खट्नेछन्। रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन्।

Siddi ganesh

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएको छ। त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.