Attariya Hospital Pvt.Ltd.

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीका सबै उम्मेदवार विजयी

padma

अत्तरिया – कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।

 

Shikhar Dental

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् ।

 

उहाले ३० हजार ४०४ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्धन्दी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन्। यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहेका छन् ।

 

om

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो । खसेको मतमा ३ हजार २६८ मत बदर भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.