Attariya Hospital Pvt.Ltd.

कैलाली -४ मा प्रत्यक्ष तर्फको ७ हजार बढी मत बदर

padma

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फको ७ हजार बढी मत बदर भएको छ । प्रतिनिधी सभा तर्फ मात्रै ४ हजार भन्दा बढी मत बदर भएको छ ।

 

Shikhar Dental

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कैलाली – ४ मा कुल १ लाख १० हजार ४५३ मतदाता रहेकोमा प्रतिनिधी सभामा ६४ हजार १५८ मत खसेको थियो । जस्मध्य ४ हजार १५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कैलाली ४ ले जनाएको छ ।

 

कैलाली ४ मा एउटा प्रतिनिधी सभा र दुईओटा प्रदेश सभा रहेका छन् । प्रदेश सभा १ मा ३२ हजार २८४ मत खसेकोमा १ हजार ७२३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कैलाली ४ ले जनाएको छ ।

 

om

त्यस्तै प्रदेश सभा २ मा ३१ हजार ७५ मत खसेकोमा २९ हजार ५२४ मत मात्रै सदर भएको छ भने बाँकी १ हजार ५७७ मत बदर भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.