Attariya Hospital Pvt.Ltd.

महँगियो चामल र पिठो

padma
milan sunchadi

काठमाडौं – पछिल्लो चार महिनायता बजारमा चामल र पिठोको मूल्य अत्यधिक बढेको छ।

नेपाल खुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ। त्यसयता चामल पनि प्रतिकेजी १० रुपियाँदेखि १८ रुपैयाँसम्म बढेको छ।

संघका अध्यक्ष पवित्र वज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन्। ‘गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि। यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन्?’ अध्यक्ष बज्राचार्यले प्रश्न गरे। यस्ता निकायले खाद्यान्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उनकोभनाइ छ।

Siddi ganesh

खुद्रा व्यापारी विनोद अधिकारीले पछिल्लो डेढ महिनामा चामल, आँटा, मैदा र चामलको भाउ अस्वाभाविक बढेकाले बिक्री गर्न नै समस्या भएको बताए। खाद्यवस्तुको मूल्य बढ्दा आफूजस्ता साना तथा खुद्रा व्यापारी दोहोरो मारमा परेको उनको गुनासो छ।

‘ठूलो परिणाममा लिने पुँजी हुँदैन, थोरै थोरै किन्दा थोक व्यापारीले पटकैपिच्छे भाउ बढाउँछन्, यता उपभोक्ताले भाउ बढाइस् भनेर हामीलाई नै गाली गर्छन्’, उनले भने।

थोक व्यापारीको संस्था नेपाल किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतबाट यसअघि धेरै मात्रामा नेपाल भित्रिने जिरा मसिनो चामलको मूल्य बोरामै चार सयदेखि ५०० रुर्पयाँ बढेको छ। यस्तै मैदा र आँटाको मूल्य पनि व्यापारीअनुसार बढेको छ।

भारतबाट बंगलादेशमा चामल निर्यात बढेकाले भारतमै मूल्य बढेको र त्यसमा ढुवानी भाडामा भएको वृद्धिले थप महँगी निम्त्याएको श्रेष्ठको दाबी छ। यस्तै गहुँ आयातमा लागेको प्रतिबन्धका कारण मैदा र आँटाको मूल्य पनि बढेको उनले बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले भने यो वर्ष धान उत्पादन गत वर्षभन्दा सुधार भएको तथ्यांक सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ। जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिकटन धान आवश्यक हुन्छ। धान उत्पादनको तथ्याङ्क हेर्दा नेपाललाई १४ लाख मेट्रिक टन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्यांकले भने हरेक तीन महिनामा चार अर्बको चामल नेपालमा आयात भएको देखाएको छ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अक्षमताको प्रत्यक्ष प्रभाव बजारमा परेको बताए। उपभोक्ता संरक्षण ऐनअनुसार सरकारले बजारको तह र समर्थन मूल्य तोक्ने काम नभएसम्म बजार भाउमा सीमित व्यापारीको चलखेल भइरहने उनकोभनाइ छ। ‘बजारमा मूल्य मात्रै होइन, वस्तु, सेवा र गुणस्तरमा झन् ठूलो समस्या छ तर यसमा कसैको ध्यान गएको छैन’, उनले भने। भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ। साउनदेखि मङ्सिरसम्म नेपालमा १२ अर्ब ६५ करोड रुर्पयाँको दुई लाख ८२ हजार मेट्रिकटन धान, चामल र कनिका आयात भएको छ।

विभागका महानिर्देशक महेश भट्टराईले नेपालले चामल आयात गर्ने स्रोत देशले नै भन्सार महशुल २० प्रतिशत बढाएकाले उपभोक्ताको भान्सासम्म पुग्दा मूल्य बढ्नु स्वाभाविक रहेको बताए।

गोरखापत्र

Nawadurga
Leave A Reply

Your email address will not be published.