Attariya Hospital Pvt.Ltd.

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ

padma
milan sunchadi

धनगढी – प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन्।

फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। कोहलपुरबाट उनी पक्राउ परेको र अहिले उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागेको प्रहरीले जनाएको छ।

२०६६ भदौ ३ गते ट्रयाक्टरमा आगजनी भएको घटनामा कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई दोषी ठहर गरेको थियो ।

Siddi ganesh

तीनै जनालाई ६ महिना कैद र आठ लाख १९ हजार रुपियाँ भराउने अदालतको फैसला छ । ट्रयाक्टरधनी मोतीपुरका महादेव बजगाइँले तीनै जनाविरुद्ध उजुरी दर्ता गरेका थिए । अदालतले गरेको फैसला कार्यान्वयनका लागि सांसद चौधरीलाई पक्राउ गरिएको जनाइएको छ ।

अदालतले दोषी ठहर गरेको चौधरी सजाय भुक्तान नगरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.