धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार (पर्सि) विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयलाई जानकारी पनि गराएका छन्।
मुख्यमन्त्री रावलले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन्। रावल २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।